ममता बनर्जीले आन्दोलन समाधान गर्न राजीनामा दिने प्रस्ताव राखिन्

नयादिल्ली । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आज राजीनामा दिने प्रस्ताव राखेकी छिन्। आरजी कर मेडिकल कलेजमा एक चिकित्सकको दुखद निधनपछि न्यायको माग गर्दै आन्दोलन गरिरहेका जुनियर डाक्टरहरूसँगको विवादको बीचमा बनर्जीले यो कदम उठाएकी हुन्। नया दिल्ली बाट सुरेश कुमारले भन्नु भयो डाक्टरहरूले सरकारसँगको बैठक प्रत्यक्ष प्रसारणको माग राख्दै आएका छन्, जुन सरकारले अस्वीकार गरेको थियो। ममता बनर्जीले जनताको दुःख र समस्या समाधान गर्न आफु कुर्सी छोड्न सम्म तयार रहेको जानकारी दिनु भयो ।

बन्द हड्तालका कारण राज्यभर हजारौं बिरामीको सेवा प्रभावित भइरहेको छ। बनर्जीले आन्दोलनकारीहरूसँग बारम्बार छलफल गर्न चाहे पनि डाक्टरहरूले प्रत्यक्ष प्रसारण नभएसम्म वार्तामा सहभागी नहुने अडान राखेका छन्​

प्रतिक्रिया