अटो एक्सपो २०२५: नयाँ दिल्लीमा नेपाली अटोमोबाइल क्षेत्रको सहभागिता

काठमाडौँ। अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको भारत मोविलिटी २०२५ मा सहभागिता जनाउने भएको छ। सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (SIAM) को पहलमा माघ ४ देखि माघ ९ गतेसम्म भारतमण्डपममा आयोजना हुने यो कार्यक्रम अटो एक्सपो—दि मोटर शो २०२५ को हिस्सा हुनेछ।

यस प्रतिष्ठित अटोमोबाइल प्रदर्शनीमा नेपालका विभिन्न अटोमोबाइल कम्पनीहरू, निर्माता, र वितरकहरूको सहभागिता अपेक्षित रहेको नाडाले जनाएको छ। यस कार्यक्रमले अटोमोबाइल क्षेत्रका नयाँ प्रविधिहरू, विद्युतीय सवारी साधनहरू, र दिगो गतिशीलताको अवधारणाहरूलाई प्रवर्द्धन गर्नेछ। नाडाले सम्बन्धित सबैलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै आवश्यक जानकारी यथासमयमा उपलब्ध गराइने जानकारी दिएको छ।

अटो एक्सपो—दि मोटर शो २०२५ दक्षिण एशियाको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हो, जसले विश्वभरका अटोमोबाइल निर्माताहरू र टेक्नोलोजी प्रदायकहरूलाई एक ठाउँमा ल्याउँछ। यसमा सहभागी हुन इच्छुक नेपाली कम्पनीहरूलाई विशेष योजना र सहजीकरणका लागि नाडाले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।


प्रतिक्रिया