काठमाडौं । प्रविधि केवल सेवा गर्ने होइन, बुझ्ने र ख्याल गर्ने युगको सुरुवात भएको छ। यही सन्देश बोकेर एलजी नेपालले आफ्नो विश्वव्यापी नवप्रवर्तन अभियान “Affectionate Intelligence” नेपालमा सार्वजनिक गर्दैछ। सिंगापुर र मलेसियामा सफलता प्राप्त गरिसकेको यो इनिसिएटिभ अब नेपालमा पनि भव्य प्रदर्शनीमार्फत प्रस्तुत गरिने भएको छ।
दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम असार १३ गते डिलरहरूका लागि र असार १४ गते शनिबार सर्वसाधारणका लागि ललितपुरको ‘द प्लाजा’ मा आयोजना गरिनेछ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने प्रदर्शनीमा सहभागीहरूले एलजीको नयाँ पुस्ताको एआई (AI) प्रविधि प्रत्यक्ष अनुभव गर्न पाउनेछन्।
“Affectionate Intelligence” केवल उत्पादनको प्रदर्शनी मात्र नभएर, मानिस र प्रविधिबीचको सम्बन्धमा नयाँ क्रान्तिको प्रतिनिधि हो। एलजीले यस अवधारणामार्फत प्रयोगकर्ताको व्यवहार, भावना र आवश्यकतालाई बुझ्न सक्ने स्मार्ट प्रविधिलाई अगाडि ल्याउन खोजेको हो।
चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालका अनुसार, “हाम्रो लागि यो निकै गर्वको क्षण हो। एलजीसँगको सहकार्य गोल्ड स्टारको समयदेखि सुरु भएको हो। अब ‘Affectionate Intelligence’ मार्फत हामी त्यस्तो प्रविधि भित्र्याउँदैछौं, जसले हाम्रो दैनिक जीवनमा संवेदनशीलता र समझदारीको अनुभूति दिलाउनेछ।”
एलजी र सीजीबीचको चार दशक लामो सहकार्यले नेपाली बजारमा नवप्रवर्तन, भरोसा र अन्तर्राष्ट्रिय गुणस्तर ल्याउन निरन्तर योगदान पुर्याउँदै आएको छ।
यो प्रदर्शनीले भविष्यको प्रविधि कस्तो मानवीय र प्रयोगकर्ता-मैत्री हुन सक्छ भन्ने प्रष्ट झल्को दिनेछ। आयोजकले सबै प्रविधिप्रेमी र उपभोक्तालाई असार १४ गते ‘द प्लाजा’ मा उपस्थित भई यो अद्वितीय अनुभवको भागीदार बन्न निमन्त्रणा गरेका छन्।