मौद्रिक नीति आज सार्वजनिक हुँने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ।

सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले अघिल्लो वर्ष साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो। यो वर्ष पनि साउन ४ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले अध्ययन गर्ने भनेपछि रोकिएको थियो। 

अर्थतन्त्र दबाबमा रहेका कारण यो वर्षको मौद्रिक नीति कस्तो आउला भन्नेमा सर्वत्र चासो छ। सरकारले यसपालि आर्थिक संकटलाई समाधान गर्ने गरी मौद्रिक नीति ल्याउने बताउदै आएको छ।


प्रतिक्रिया