काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ०४ पैसा र बिक्री दर १३४ रूपैयाँ ६४ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४६ रूपैयाँ ३२ पैसा र बिक्री दर १४६ रूपैयाँ ९८ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ०८ पैसा र बिक्री दर १७१ रूपैयाँ ८४ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ १९ पैसा र बिक्री दर १०१ रूपैयाँ ६५ पैसा रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७६ पैसा र बिक्री दर ३६ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
27 Saun 2081, Sombar 08:40 मा प्रकाशित
205