काठमाडौँ । नेपालमा अटोमोबाइल उद्योगमा पहिलो पटक अनौठो शैलीको सुरुवात गर्दै नामीले फेसन शो थिममा आफ्ना कारहरू लन्च गरेको छ। यो अभिनव कदमले कार लन्च गर्ने परम्परागत शैलीलाई पुनःपरिभाषित गर्दै आधुनिकता र लक्जरीको उत्कृष्ट नमुना प्रस्तुत गर्यो। दर्शकहरूले फेसन र अटोमोटिभ इनोभेसनको यस संयोजनलाई अत्यन्त रुचाएका छन्।
नाडा अटो शोमा नामी आकर्षणको केन्द्र बनेर ७२० भन्दा बढी बुकिङ हासिल गर्न सफल रह्यो। फ्रेमलेस ढोका, मेमोरी सिट, लेभल २ एडीएएस सुरक्षा प्रणाली, र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलजस्ता फिचर्सले नामीलाई आराम, सुरक्षा र प्रविधिको फ्युजनको प्रतीक बनाएको छ। यसले विभिन्न रङका विकल्प र लक्जरियस डिजाइनमार्फत आधुनिक ड्राइभरहरूको ध्यान तानेको छ।
नामीको भव्यता र सफलता सडकमा पनि स्पष्ट देख्न सकिन्छ। हालसम्म नेपालका सडकमा ३०० नामी कारहरू गुडिरहेका छन्। नामीले क्षेत्रीय लन्चको शृङ्खला सञ्चालन गरी ग्राहकहरूको पहुँच बढाउने प्रयास गरेको छ।
एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड श्री प्रसन्न पन्तले भने, “नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोनहरू हासिल गरेको छ। फेसन शो थिममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउँदै, यो ब्रान्डले ग्राहकहरूको मन जितेको छ। आज नेपालका सडकमा ३०० नामी कारहरू देखिनु हाम्रो ग्राहकहरूको विश्वासको प्रमाण हो।”
नामीको यो यात्रा आधुनिक सोच, ग्राहक-केन्द्रित इनोभेसन र दिगो विकासको उत्कृष्ट कथा हो। ईभीको क्षेत्रमा लक्जरी र प्रगतिको प्रतीक बन्न पुगेको नामी नेपालका ग्राहकहरूबीच लोकप्रियताको शिखर चढिरहेको छ।
#Nammi