भोली सार्वजनिक बिदाको दिन यी बैंकका शाखाहरू खुल्ला रहने (सूचीसहित)

काठमाण्डौँ। सरकारले भोली अर्थात जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। भोली सरकारी कार्यालय, शैक्षिक संस्था, सेयर बजार र बैंक तथा वित्तीय संस्था लगायतका संस्थाहरू बन्द रहने छन्।

तर केहि वाणिज्य तथा विकास बैंकका शाखा कार्यालयहरू भने आज खुल्ला रहने छन्। विभिन्न बैंकहरूले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आज आफ्ना केही शाखा कार्यालयहरू खुल्ला रहने जनाएका छन्।  

ग्लोबल आइएमई बैंक लिमिटेड  

भोली जेठ १५ गते ग्लोबल आइएमई बैंकको कोशी प्रदेश अन्तर्गतको विराटनगर ट्राफिक चोक, तीपैनी, गाईघाट, इटहरी र धुलाबारी, मधेश प्रदेशको जनकपुर कदमचोक, लहान, विरगञ्ज शाखा, 

बागमती प्रदेशको कान्तिपथ, न्यूरोड, सानो गौचरन, कुलेश्वर, ठमेल, क्षेत्रपाटी, गोंगबु, कोटेश्वर, चाबहिल, अनामनगर, थानकोट, बाफल कलंकी, तीनकुने, बालाजु (औधोगिक क्षेत्र), नयाँ बानेश्वर, पुरोनो बानेश्वर, चाबहिल चोक, कमलादी, कुपण्डोल, लगनखेल, पुल्चोक, कमलबिनायक, बनेपा, हेटौँडा बैंक रोड, टाँडी, नारायणघाट, चारखाल, भरतपुर, गण्डकी प्रदेशको बागलुङ, चिप्लेढुङ्गा, पोखरा र कुश्मा, लुम्बिनी प्रदेशको भैरहवाा, गल्लामण्डी, बुटवल राम मन्दिर लाइन, घोराही लखन पार्क, कपिलबस्तु, नेपालगञ्ज धम्बोजी, तमघास र तानसेन, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदशको धनगडी, लम्की र महेन्द्रनगरको शाखा कार्यालयहरू खुल्ला रहनेछन्। यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ।  


ज्योति विकास बैंक  

भोली ज्योति विकास बैंकको कोशी प्रदेशको खोटाङ, मधेश प्रदेशको सिमरा, बर्दिबास, जनकपुर, बिरगञ्ज, बागमती प्रदेशको ठमेल, गण्डकी प्रदेशको लेकसाइड, लुम्बिनी प्रदेशको बुटल, नेपागञ्ज, न्यूरोड, कर्णाल प्रदेशको सुर्खेत, सुदूरपश्चिमको हसुलिया शाखा कार्यालयहरु खुल्ला रहनेछन्। यी शाखा कार्यालयहरु बिहान १०:०० बजेदेखि ४:०० बजेसम्म खुल्ला रहनेछन्।  


एभरेष्ट बैंक

भोली जेठ जेठ १५ गते एभरेष्ट बैंक लिमिटेडको कोशी प्रदेशको कञ्चनबरी, मधेश प्रदेशको जनकपुर, बिरगञ्ज, बागमती प्रदेशको न्यूरोड, भक्तपुर, लगनखेल, गण्डकी प्रदेशको पोखरा, लुम्बनी प्रदेशको बुटवल, कोहलपुर, सुदूरपश्चिम प्रदेशको धनगढी शाखा कार्यालहयरू खुल्ला रहने बैंकले जनाएको छ। यी शााखा कार्यालयहरू बिहान १०:०० बजेदेखी अपरान्ह ४:०० बजेसम्म खुला रहने बैंकले जनाएको छ।

सानिमा बैंक  

सानिमा बैंकको भोली कोशी प्रदेशको दमक,इनरुवा,विर्तामोड,गाईघाट,विराटनगर र इ्रटहरी, बागमती प्रदेशको गोंगबु,पुतलीसडक,सातदोबाटो,नक्साल कुमारीपाटी,सूर्यविनायक, नक्साल,  नारायणगढ,हेटौडा,बनेपा,कलंकी न्यूरोड,चुच्चेपाटी र नयाँ बानेश्वर, लुम्बिनी प्रदेशको घोराही,नेपालगंज र बुटवल, कर्णाली प्रदेशको विरेन्द्रनगर,गण्डकी प्रदेशको न्यूरोड पोखरा र दमौली र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर,टिकापुर र धनगढी शाखा कार्यालयहरु खुल्ला रहने बैंकले जनाएको छ। यी शााखा कार्यालयहरूमा कारोबारको समय क्रमश:  बिहान १०:०० बजेदेखी अपरान्ह ४:०० बजेसम्म, बिहान ११:०० बजेदेखि २:०० बजेसम्म, अपरान्ह १२:०० बजेदेखि ३:०० बजेसम्म, अपरान्ह २:०० बजेदेखि ५:०० बजेसम्म खुला रहने बैंकले जनाएको छ।

एनएमबी बैंक  

एनएमबी बैंकको कोशी प्रदेश अन्तर्गत इटहरी, मधेश प्रदेशको बर्दिबास, बागमती प्रदेशको गोलमाडी, गण्डकी प्रदेशको चाउथे, लुम्बिनी प्रदेशको नेपागञ्ज र सुदूरपश्चिम प्रदेशको लम्की शाखा कार्यालयहरू खुला रहने छन्। भने होलिडे काउण्टर भएका शाखाहरू बिराटनगर, कान्तिपथ काठमाडौँ, ट्राफिक चोक बुटवल, कञ्चनपुर समेत सञ्चालनमा रहने छन्। यी शााखा कार्यालयहरू बिहान १०:०० बजेदेखी अपरान्ह ४:०० बजेसम्म खुला रहने बैंकले जनाएको छ।

लक्ष्मी सनराइन बैंक  

भोली जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा लक्ष्मी सनराइज बैंकको कोशी प्रदेशको विराटनगर (पुस्पलाल चोक), धनकुटा एक्टेन्सन काउण्टर,मधेश प्रदेशको जनकपुर (बजरङ्ग चोक), बिरगञ्ज (लिंक रोड), बागमती प्रदेशको हात्तिसार पुल्चोक,गैह्रीधारा र नारायणगढ (लायन्स चोक),गण्डकी प्रदेशको पोखरा (चिप्लेढुङ्गा), लुम्बिनी प्रदेशको तुलसीपुर,बुटवल र मिलन चोक, कर्णली प्रदेशको श्रीनगर, सुदुरपश्चिम प्रदेशको धनगढी (लक्ष्मी नारायण चोक) र महेन्द्रनगर शाखा कार्यालय बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ। 


कामना सेवा विकास बैंक

भोली जेठ १५ गते बिहिबार गणतन्त्र दिवसको अवसरमा लक्ष्मी सनराइज बैंकको कोशी प्रदेशको बिर्तामोड, मधेश प्रदेशको चन्द्रपुर, बागमती प्रदेशको मनमैजु र नारायणघाटको हाकिमचोक, गण्डकी प्रदेशको न्योरोड पोखरा र लुम्बिनी प्रदेशको मैनाबगर शाखा कार्यालय बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म खुला रहने बैंकले जनाएको छ। 



प्रतिक्रिया