घरमा रूफिङ गर्दा ध्यान दिनुपर्ने कुराहरू

काठमाडौँ।  रूफिङ गर्नु भनेको घर पुनर्निमाणको एउटा महत्वपूर्ण अङ्ग हो।

स्थायी स्ट्रक्चरको रूपमा घर पुनर्निर्माण गर्नुभन्दा अस्थायी रूपमा पुनर्निमाण गर्दा रूफिङको धेरै ठूलो महत्व हुन्छ। तपाईँ आफ्नो घरमा रूफिङ गर्दै हुनुहुन्छ भने तपाईँले तल उल्लेख गरिएका विषयहरूमा ध्यान दिएर अगाडी बढ्नुपर्छ।

रूफिङ गर्ने निर्माण सामग्री

रूफिङका लागि विभिन्न निर्माण सामग्रीको प्रयोग गरिन्छ। उदाहरणको लागि टफन्ड ग्लास फाइबर यू पी भि सी पोलिकार्बोनेट स्टोन कोटेड डेक्रा र टेनसाइल। सबै निर्माण सामग्रीका आ(आफ्नै प्रयोग र विशेषता हुन्छन्।

तपाईँले निर्माण सामग्रीको छनौट गर्ने आफ्नो बजेट लुक्स र पर्पोजको अधिनमा रहेर हो। लुक्सको कुरा गर्दा तपाईँले रूफिङको निर्माण सामग्री २ प्रकारमा पाउनुहुन्छ।  एउटा कलरफूल र अर्को कलर विनाको सादा। तपाईँले यदि पूरै पारदर्शी रूफिङ गर्न चाहनुहुन्छ भने तपाईँको लागि अत्यधिक रूचाइएका विकल्प मध्ये पोलिकार्बोनेट र टफन्ड ग्लास प्रयोग गर्न सक्नुहुन्छ। पोलिकार्बोनेट रूफिङ प्रयोग गर्दा कम्तीमा २ मी मी मोटाइको प्रयोग गर्नुहुन्छ।

कलरफूल विकल्पमा छनोट गर्नुहुन्छ भने तपाईँले टेन्साइल, फाइबर र स्टोन कोटेड डेक्रामा जान सक्नुहुन्छ। कलरफूल विकल्पमा गएमा तपाईँले घामको किरणबाट राहत प्राप्त गर्नुहुन्छ। तपाईँले कार पार्किङ बनाउन चाहनुभयो भने कलरफूल बनाउन सक्नुहुन्छ र कलरफूल विकल्प मध्ये टेन्साइल फाइबर स्टोन कोटेड डेक्रा र यू पी भी सी सबैभन्दा उत्तम विकल्प हो।

तपाईँ यू पी भी सी प्रयोग गर्न चाहनुहुन्छ भने सबैभन्दा उत्तम विकल्प भनेको डबल मेस यू पी भि सी हो। यसले ध्वनि प्रतिरोधकको रूपमा पनि काम गर्ने भएकाले यदि छतमा कोठा राख्ने हो भने डबल यू पी भि सी प्रयोग गर्नु साह्रै नै उत्तम मानिन्छ।

बजेट

तपाईँले रूफिङ्मा ध्यान दिनुपर्ने अर्को कुरा भनेको बजेट नै हो। बजेटको कुरा गर्दा सबैभन्दा महङ्गो चाहिँ टफन्ड ग्लास नै हुन्छ। तपाईँको सिसा फुट्ने सम्भावना कम छ तर तपाईँलाई सबैभन्दा आकर्षक देखिन्छ प्रोडक्ट चाहिन्छ भने टफन्ड ग्लास नै सर्वोत्तम हुन्छ। तपाईँले यदि धेरै सस्तो र टिकाउ अप्सन छनोट गर्नुभयो भने तपाईँलाई यू पी भि सी वा पोलिकार्बोनेटको अप्सन झनै राम्रो लाग्न सक्छ।

बजेटको हिसाबले पनि महङ्गो र आकर्षक पनि हुने टफन्डलाई सिसाले बनेको कारणले अलि कम व्यक्तिहरूले विश्वास गर्ने गर्दछन्। तर तपाईँले टफन्ड ग्लास सरह नै आकर्षक रूफिङ राख्न चाहनुहुन्छ तर सिसा जस्तो फुट्ने चीज राख्न चाहनुहुन्न भने तपाईँले स्टोन कोटेड डेक्रा नै प्रयोग गर्न सक्नुहुन्छ। हाइ रेन्ज बजेटमा पाउने उच्च क्वालिटीको फिनिसिङ पाउनको लागि उच्च बजेटको टेन्साइल पनि प्रयोग गर्न सकिन्छ।

स्ट्रक्चर

तपाईँले रूफिङ गर्दा स्ट्रक्चरमा ध्यान दिनु नै पर्छ। स्ट्रक्चर दिँदा पिलरमा सबैभन्दा साधारण रूपमा प्रयोग हुने भनेको स्क्वायर स्टील पाइप हो। यसमा एक भन्दा धेरै तला जानुपरेमा चाहिँ आई सेक्सन र डबल च्यानल प्रयोग गर्न सकिन्छ।

तपाईँले सबैभन्दा बलियो बीम र पिलर राख्नुपर्ने भनेको टफन्ड ग्लासको रूफिङमा नै हो। स्टोन कोटेड डेक्रामा पनि उत्तिकै हेभी बीम र पिलर राख्नुपर्ने हुन्छ। पोलिकार्बोनेट र फाइबरमा चाहिँ कम हेबी पाइप प्रयोग गर्दा पनि हुन्छ। स्टीलको पाइप प्रयोग गर्दाखेरि कम्तीमा ३ इन्चको स्वाएर एम एस पाइप प्रयोग गर्नु नै राम्रो मानिन्छ किनभने यो भन्दा कमजोर पाइपले रूफिङमा आउने लोडलाई धान्न सक्दैन।

पर्लिन छानाको एउटा स्ट्रक्चरल मेम्बर पनि हो। स्टोन कोटेड डेक्रा राख्दा पर्लिन अलिकति धेरै ठाउँमा राख्नुपर्ने हुन्छ। तर पोलिकार्बोनेट सीट राख्दा चाहिँ पर्लिन अलिकति कम चाहिन्छ। स्ट्रक्चरल कम्पोनेन्ट राख्दा त्यसले सम्पूर्ण भार थाम्ने गरी सकेसम्म स्ट्रक्चरल एनालाइसिस गरेर मात्र रूफिङ डिजाइन गर्नुपर्छ।

टिकाउ गुण

तपाईँले टिकाउ गुण हेरेर रूफिङ मटेरियल छनौट गर्नुहुन्छ भने तपाईँले स्टोन कोटेड डेक्राको प्रयोग गर्न सक्नुहुन्छ। डेक्रा कम्पनी विदेशी कम्पनी भएता पनि यसको रूफिङ मटेरियलमा प्रयोग भएको स्टोन र स्टीलको प्रकृति हेर्दा स्टोन कोटेड डेक्रा कम्तीमा ४० वर्ष टिकाउ हुने विश्वास रहेको छ। 

स्पान

स्पान भनेको दुई पिलर बीचको दुरी हो। कुनै पनि रूफिङमा यो दुरी बढीमा १५ फिट भएको राम्रो मानिन्छ। आफ्नो आवश्यकता अनुसार कम पिलरले धेरै एरिया कभर गर्नुपर्ने भयो भने त्यसमा आर्क डिजाइनलाई पनि गर्न सकिन्छ।

प्रतिक्रिया