काठमाडौँ। तातोपानी क्षेत्रमा देखिएका प्राकृितक विपद् र अनपेक्षित चुनातैीहरूलाई पार गर्दै, नाडा अटामोबाइल्स एशोसिएसन अफ नेपाल गर्वका साथ घोषणा गर्दछ कि भविष्यको मोबिलिटी प्रतीक DEEPAL eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षित रूपमा काठमाडौं आइपुगेका छन्।
यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटोशो २०२५ माफर्त दर्शकहरूलेप्रत्यक्ष अनुभव गर्नेछन्।
१७औं संस्करणको नाडा अटोशो केवल एउटा प्रदशनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो। यसले नेपालमा प्रविधिको नयाँ सम्भावना लाई उद्घाटन गर्नेछ।
२०८२ भदौ ३ गतेदेिख ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने यस ठुलो प्रदर्शनीमा सहभागी भई यो ऐतिहासिक क्षणका साक्षी बन्नुहोस्।