काठमाडौँ। सुनको भाउ आज तोलामा १ हजार रूपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुन प्रतितोला १ हजार रूपैयाँले बढेर १ लाख ५२ हजार ४०० रूपैयाँ कायम भएको छ।
यसअघि छापावाल सुन तोलाको १ लाख ५१ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला ३५ रूपैयाँले बढेर १८ सय ५० रूपैयाँ कायम भएको छ।
9 Bhadra 2081, Aaitabar 11:56 मा प्रकाशित
191