काठमाडौँ। महालक्ष्मी विकास बैंकले आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५, संस्करण सम्पन्न गरेको छ।
यही जेठ २१ गतेदेखि २४ गतेसम्म काठमाडौँमा चलेको प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ। चार दिनसम्म चलेको उक्त प्रतियोगितामा नबिल बैंक दोस्रो भएको छ।
प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंकका अमृत चौलागाई, उत्कृष्ट विकेट-किपर नबिल बैंकका विजय पारा लिम्बु, उत्कृष्ट बलर एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिनाले पुरस्कार पाए।
विजेताहरूलाई गत सोमबार कार्यक्रम गरी पुरस्कार प्रदान गरियो। विजेता प्राइम कमर्सियल बैंकलाई डेपुटी गर्भनर बमबहादुर मिश्र तथा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रूपमा ट्रफी प्रदान गरे।
प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, मर्चेन्ट बैंंक तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमको सहभागिता रहेको थियो।