आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज अर्थात साउन १ गते नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको हो।

सुन बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया