काठमाडौँ । नेपालका लागि जेसीबी मेसिनको एकमात्र आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि. ले देशभरका पुराना जेसीबी मेसिन मालिकहरूका लागि ठूलो राहत हुने अभियान सुरु गरेको छ । कम्पनीले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको हो ।
यो अभियान ३१ डिसेम्बर २०२५ सम्म देशभरका १२ वटै जेसीबी शाखामा एकैसाथ सञ्चालन रहनेछ ।
मुख्य सुविधाहरू :
तालिमप्राप्त जेसीबी प्राविधिकबाट पूर्ण निःशुल्क मेसिन हेल्थ चेकअप
जेन्युइन जेसीबी लुब्रिकेन्ट र स्पेयर पार्ट्समा १५% छुट
आधिकारिक जेसीबी वर्कसपमा सर्भिस र मर्मतमा २०% विशेष छुट
यो सुविधा धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौँ, पोखरा, वीरगञ्ज, जनकपुर, इटहरी र बिर्तामोड यी १२ शहरमा उपलब्ध छ।
“पुराना मेसिनहरूमा लुकेका समस्याहरू समयमै पहिचान गरी मेसिनको आयु बढाउने र सुरक्षित सञ्चालन सुनिश्चित गर्ने यो अभियानको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
एमएडब्लू अर्थमुभर्सका मार्केटिङ म्यानेजरले भने, “हाम्रा ग्राहकहरूका लागि मेसिन भनेको कमाइको मुख्य साधन हो । यो क्याम्पेनमार्फत हामी उहाँहरूको मेसिनलाई स्वस्थ, सुरक्षित र भरपर्दो बनाउन चाहन्छौँ । यो सुविधा सबै योग्य जेसीबी मालिकले अनिवार्य उपयोग गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।”
जेसीबी मालिकहरूलाई नजिकैको जेसीबी शाखामा सम्पर्क गरी यो सुनौलो अवसरको फाइदा लिन एमएडब्लू अर्थमुभर्सले हार्दिक आग्रह गरेको छ ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar