काठमाडौँ। हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ।
निरन्तर वर्षा भएर विद्यालय जाने साँता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो।
बाटो भत्किँदा सिमकोट–८ याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान पाएका छैनन्। भारी वर्षा भएर बिहिबार र बुधबार दुई दिन विद्यार्थी विद्यालय जान नसकेको बलभद्र निमाविले जनाएको छ। याङ्गुबाट विद्यालय जानेबीच क्षेत्रको बाटो भत्किएको हो।
विद्यालयमा विद्यार्थी उपस्थित नभएपछि उनीहरुको पठनपाठन प्रभावित हुनुका साथै विद्यालय बन्द भएको हो। आवतजावत गर्न नमिल्ने भएपछि विद्यार्थी विद्यालयमा उपस्थित नभएपछि बन्द गरिएको हो। पढ्न आउने विद्यार्थी बाटो अवरूद्ध हुँदा समस्यामा परेको स्थानीयले बताएका छन्। बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने यहाँका स्थानीयलाई समेत समस्या भएको छ।
विद्यालयको माथि पट्टिको भाग पनि जोखिमयुक्त हुँदा विद्यालय नै बन्द गर्नुपरेको हो। पानी परेको समय विद्यालय भत्किने डर हुने हुँदा पनि विद्यालय बन्द गर्नु पर्ने बाध्यता रहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar