एनपिएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ एसयुभिसहित पुरस्कृत गर्ने

काठमाडौँ । एसपिजि अटोमोबाइल्स(ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनि शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा इफाइभ डिलक्सले पुरस्कृत गर्ने घोषणा गरेको छ । ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजक हो । ओमोडा इफाइभ आकर्षक डिजाइन र अत्याधुनिक विशेषताहरूसहित पूर्ण रूपमा विद्युतीय गाडी हो जुन उत्कृष्ट खेल-प्रदर्शनको लागि सम्मान तथा हौसलास्वरूप प्रदान गरिनेछ ।

ओमोडा एन्ड जेइको, नेपाल प्रिमियर लिग, र नेपाल क्रिकेट संघबीच मंसिर ११ गते सम्पन्न प्रायोजनको लागि एमओयु हस्ताक्षर कार्यक्रममा शारडा ग्रुपले उक्त पुरस्कार दिने घोषणा गरेको हो । उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपिएलका सदस्यहरू, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रह्यो ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपिएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुष ६ गतेसम्म हुने तालिका रहेको छ । उपाधीका लागि देशभरका आठ-टोलीले प्रतिस्पर्धा गर्ने यो लिग निकै उत्साहजनक हुने अपेक्षा गरिएको छ । क्रिकेटको यो ऐतिहासिक र भव्य लिगमा आधिकारिक ‘ड्राइभन बाइ’ सह-प्रायोजकका रूपमा, ओमोडा एन्ड जेइको हरेक खेलमा खेलाडी र खेलप्रशंसकसँगै नेपाली क्रिकेटको समर्थनमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछ ।

क्रिकेट नेपालमा खेलिने र हेरिने सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो जसको माध्यमबाट धेरै नेपाली फ्यानहरू जोडिन्छन् । शारडा ग्रुपको यो विशेष घोषणाले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्नेछ र नेपालमा खेलक्षेत्रको समग्र उचाई बढाउनमा योगदान पुर्‍याउनेछ ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा एन्ड जेइको अटोमोबाइल्स को. लिमिटेडको नेपालको लागि आधिकारीक वितरक हो । 

प्रतिक्रिया