वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच तीव्र विवाद भएपछि जेलेन्स्कीले सम्झौता नगरी ह्वाइट हाउस छोडेका छन् ।
सूत्रहरूका अनुसार बैठकका क्रममा दुबै नेताबीच युक्रेनलाई अमेरिकी सैन्य सहायता, रूससँगको सम्बन्ध र नाटो रणनीतिबारे चर्को विवाद भएको थियो । ट्रम्पले जेलेन्स्कीलाई तत्काल बैठक समाप्त गर्न भनेपछि उनलाई ह्वाइट हाउस छोड्न आदेश दिइएको बताइएको छ ।
जेलेन्स्की कुनै सहमति वा सम्झौता नगरी स्वदेश फर्किएको बताइन्छ । अमेरिकी प्रशासनले भने यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
यस घटनाले युक्रेन-अमेरिका सम्बन्धमा तनाव थप्न सक्ने विश्लेषकहरूले बताएका छन् ।
17 Falgun 2081, Shanibar 12:10 मा प्रकाशित
120