वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ट्रेड टावरको 'आईपीओ' खुल्यो

काठमाडौँ।  ट्रेड टावर लिमिटेडले पहिलो चरणको आईपीओ आज वैशाख ८ गते (सोमबार) बाट निष्काशन तथा विक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि आईपीओ खुलाएको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँको दरले कुल ३९ करोड ७१ लाख ६९ हजार ३०० रूपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्न अनुमति पाएको थियो। ती मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रूपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गर्न लागेको हो। 

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। 

ट्रेड टावर लिमिटेडले गत वर्ष सन् २०२४० मा ११ करोड १० लाख रूपैयाँ आम्दानी गरेको थियो। जुन सन् २०२३ को भन्दा २३.३३ प्रतिशत धेरै हो। सन् २०२३ मा यस कम्पनीले ९ करोड रूपैयाँ बराबरको आम्दानी गरेको थियो।

टावरको पहिलो परियोजना ‘ट्रेड टावर थापाथली’ सन् २०११ को अप्रिलदेखि सञ्चालनमा आएको व्यावसायिक भवन हो। यसले दोस्रो परियोजना अन्तर्गत गौशालामा रहेको ट्रेड टावरलाई गौशालालाई पुनःविकास गरी होटेल क्रिस्टल पशुपति नामक ३ तारे होटल निर्माण गरेको छ। होटलले सन् २०२४ को मध्य अप्रिलदेखि आंशिक रूपमा सञ्चालन सुरू गरेको छ।  

सन् २००७ मा स्थापना भएको ट्रेड टावर लिमिटेड एक सार्वजनिक लिमिटेड कम्पनी हो। जुन लिजिङ, वित्तीय लगानी र पूर्वाधार विकास सम्बन्धी कार्यहरूमा संम्बद्ध छ। 

प्रतिक्रिया