काठमाडौँ। यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी र बत्सलादेवी माविका विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ।
जिल्ला बिपद् व्यवस्थापन समिति मकवानपुरले पहिरोमा परी मृत्यु भएका ६ जना विद्यार्थीका परिवारलाई जनही रू २ लाखका दरले राहत रकम हस्तान्तरण गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए।
हेटौँडा उपमहानगरपालिका–१२ का १४ वर्षीय अनुपम घलान, मकवानपुरगढीका १४ वर्षीय साइमन योञ्जन, सिस्नेरीका १४ वर्षीय दिवस बानियाँ, सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौँ कलङ्कीका ११ वर्षीय प्रियान्स आचार्य, बारा निजगढका १४ वर्षीय विकल रेग्मीको पहिरोमा पुरिएर मृत्यु भएको थियो।
प्रजिअ चिलुवालले सिस्नेरी, फाखेल र बकैया गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित परिवारबारे शनिबारदेखि स्थलगत अध्ययन सुरू गर्ने र राहत रकम हस्तान्तरण गरिने जानकारी दिए।
उनका अनुसार बाढीपहिरो प्रभावित ५ जनासम्मको परिवारलाई प्रतिपरिवार रू १५ हजार र ५ जनाभन्दा बढी सदस्य भएमा रू २० हजारका दरले नगद हस्तान्तरण गरिनेछ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar