काठमाडौँ। हामीले घर बनाउँदा प्लम्बर, इलेक्ट्रिसियन र सिकर्मीको आवश्यकता पर्दछ। तर यिनीहरूको छनोट गर्दा भने विशेष ध्यान दिनुपर्दछ।
प्लम्बर भन्नाले घरमा खानेपानी तथा ढल निकास सम्बन्धित कामहरु, इलेक्ट्रिसियन भन्नाले घरमा बिजुली बत्तीसँग सम्बन्धित कामहरु, सिकर्मी भन्नाले घरमा काठसँग
सम्बन्धित कामहरु गर्ने व्यवसायिक व्यक्ति भन्ने बुझिन्छ । यी व्यक्तिहरुसँग काम गर्दा यी कुराहरुलाई विशेष ध्यान दिन जरुरी हुन्छ:
१ यी व्यक्तिहरुको छनौट गर्दा उनीहरुले आफ्नो काम सम्बन्धमा लिएको तालिमको प्रमाणपत्रको एक प्रति आफुले लिने।
२ बिजुली, खाने पानी तथा ढल निकास प्रयोजनको लागि राखिने पाइपहरु कहाँ र कसरी राख्ने भनेर छलफल गर्ने। घरको मुख्य संरचना (जग, पिलर, बिम) मा नपर्ने गरी पाइप विछ्याउँदा घर संरचनात्मक हिसावले कमजोर बन्दैन। प्लम्बर र इलेक्ट्रिसियनले घरमा पाइप राख्दा ठेकेदारसँग सल्लाह गरी मुख्य बिम तथा पिलरमा नपर्ने गरी राख्न लगाउने।
३ लाग्ने शुल्क (त्यो शुल्कभित्र के–के काम पर्छ), शुल्क तिर्ने विधि, समय र शुल्क भुक्तानी गर्ने तरीकाको बारेमा पहिलेनै पक्का गर्ने।
४ काम कति समय भित्र सकाउने भन्ने बारेपनि पहिले नै सुनिश्चित गर्ने।
५ जिम्मेवारी र पारिश्रमिकको लिखित सम्झौता गर्ने।
६ पैसाको लेनदेनबारे सधै हस्ताक्षर सहितको लिखित विवरण राख्ने।
७ सम्बन्धित व्यक्तिहरूले आफ्नो कामले गर्दा भएको फोहोर आफै सरसफाई गर्नेमा समेत निश्चित गर्ने।