अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्टर्लिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ४९ पैसा र बिक्री दर १४६ रूपैयाँ ११ पैसा रहेको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७५ रूपैयाँ ११ पैसा र बिक्री दर १७५ रूपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५४ रूपैयाँ ८१ पैसा र बिक्री दर १५५ रूपैयाँ ४७ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ७६ पैसा र बिक्री दर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँ ७२ पैसा र बिक्री दर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ५२ पैसा र बिक्री दर १०३ रूपैयाँ ९७ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ९ रूपैयाँ १४ पैसा र बिक्री दर ९ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ २० पैसा र बिक्री दर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रूपैयाँ २३ पैसा र बिक्री दर ३७ रूपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रूपैयाँ ३० पैसा र बिक्री दर ३८ रूपैयाँ ४७ पैसा रहेको छ।

त्यस्तै, थाई भाट एकको खरिद दर ४ रूपैयाँ १६ पैसा र बिक्री दर ४ रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिद दर ३८ रूपैयाँ २ पैसा र बिक्री दर ३८ रूपैयाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ५८ पैसा र बिक्री दर ३१ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ६७ पैसा र बिक्री दर ९ रूपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ८१ पैसा र बिक्री दर १२ रूपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ५० पैसा र बिक्री दर १९ रूपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया