काठमाडौँ । नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गर्दै ईभी (विद्युतीय सवारी) सेग्मेन्टमा महत्त्वपूर्ण उपस्थिति जमाएको छ। यस अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष परिचयात्मक मूल्य प्रस्ताव गरेको थियो, जसले नेपालका उपभोक्ताहरूलाई आकर्षित गरेको थियो। नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि नामी गाडीको अनावरण गरिएको छ।
कम्पनीले हालै नामी गाडीको मूल्य समायोजनको घोषणा गरेको छ। यो सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुनेछ र त्यसपछि सामान्य मूल्यहरू लागू हुनेछन्। कम्पनीका प्रवक्ताका अनुसार मूल्य वृद्धि विभिन्न मोडेलहरूमा भिन्न हुनेछ।
- नामी E1 : ने.रू. ३०,२४,००० (ने.रू. २५,००० को वृद्धि)
- नामी E2: ने.रू. ३२,४९,००० (ने.रू. ५०,००० को वृद्धि)
- नामी E3: ने.रू. ३५,९९,००० (ने.रू. १,००,००० को वृद्धि)
डुअल टोन कलर भेरियन्ट रोज्ने ग्राहकहरूले भने ने.रू. ५०,००० थप रकम तिर्नुपर्नेछ।
नामी गाडी दक्षिण एसियाको ईभी यात्रामा लक्जरी, टेक्नोलोजी र दिगोपनलाई जोड्ने एउटा महत्त्वपूर्ण माइलस्टोन सावित भएको छ। यसले ह्याचब्याक गाडीमा फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डल, अटो पार्किङ, लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ-फ्ल्याट स्पेस, र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल जस्ता अभिनव सुविधाहरू समेटेको छ। यी विशेषताहरूले गाडीप्रतिको धारणा बदल्ने प्रयास गरेको छ।
नामी गाडी नेपालमा एमएडब्लू-वृद्धि नेपालको रणनीतिक साझेदारीमार्फत ल्याइएको हो। एमएडब्लू ग्रुप र वृद्धि ग्रुपको सहकार्यमा स्थापित एमएडब्लू-वृद्धि नेपाली अटोमोटिभ बजारमा अग्रणी भूमिका खेल्दै आएको छ।
सन् २०१४ मा स्थापना भएको एमएडब्लू-वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता ब्रान्डका विद्युतीय र अन्य सवारी साधनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। एमएडब्लू ग्रुप र वृद्धि ग्रुपका विशेषज्ञता तथा स्रोतहरूको संयुक्त प्रयोगमार्फत कम्पनीले ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्दै उत्कृष्टता र नवप्रवर्तनको नमुना प्रस्तुत गरेको छ।
नयाँ मूल्यहरू यस महिनाको अन्त्यपछि प्रभावकारी हुनेछन्। ग्राहकहरूलाई विशेष प्रस्तावको फाइदा उठाउन कम्पनीले यस अघि नै गाडी बुक गर्न आह्वान गरेको छ।