काठमाडौँ। तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
आज (शुक्रबार) भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको हो।
२६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत भने हुन बाँकी छ।
यस्तै १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ। उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए।
7 Bhadra 2081, Shukrabar 11:00 मा प्रकाशित
176
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar