देशभर आंशिक बदली, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं। देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले अधिकांश स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तापक्रम वृद्धिसँगै सुख्खा मौसम कायमै रहने देखिएको छ।

आज बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम खुला रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ र राति पनि यस्तै मौसमी अवस्था रहनेछ।

बिहीबार दिउँसो कोशी, मधेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम खुला रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पनि कोशी, मधेश, बागमती र पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसम विज्ञान विभागका अनुसार तापक्रम बढ्दै जाने र वर्षा हुने सम्भावना न्यून रहेकाले सुख्खा मौसम कायमै रहनेछ। 

प्रतिक्रिया