नेपालको नं.१ लक्जरी ईभी ब्रान्ड दिपल: पहिलो वर्षमै ८००+ ग्राहकको विश्वास र ऐतिहासिक उपलब्धि!

काठमाडौं । नेपालमा लक्जरी इलेक्ट्रिक भेहिकल (ईभी) सेग्मेन्टमा अग्रणी बनेको दिपल ब्रान्डले आफ्नो पहिलो वर्ष उल्लेखनीय सफलता हासिल गर्दै ८०० भन्दा बढी ग्राहकको मन जित्न सफल भएको छ । एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा ल्याएको दिपलले ‘इलेक्ट्रिक मोबिलिटी र इनोभेसन’मा आफूलाई स्थापित गर्दै नेपालको १ नं. लक्जरी ईभी ब्रान्ड को रूपमा उभ्याउन सफल भएको छ ।

दिपलले पहिलो वर्षमा दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार अत्याधुनिक ईभी मोडेल सार्वजनिक गरेको छ । यी मोडेलमा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरू समावेश छन्, जसले नेपालमा ईभी प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ ।

दिपलको विस्तारलाई सहज बनाउन एमएडब्लु वृद्धिले ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । यो नेपालकै सबैभन्दा ठूलो ईभी चार्जिङ सञ्जाल हो, जसले ईभी अपनत्वलाई अझ सरल र भरपर्दो बनाउने लक्ष्य लिएको छ ।

दिपलले नेपालका चर्चित क्रिकेट खेलाडी पारस खड्का लाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । साथै, नीति शाह, सन्दिप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिङ राई जस्ता ३० भन्दा बढी चर्चित सेलिब्रिटी तथा खेलाडीले दिपललाई आफ्नो यात्रा साथी बनाएका छन् ।

त्यसैगरी, अन्तर्राष्ट्रिय जगतमा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगम लाई नेपालमा ल्याएर ब्रान्डलाई थप उचाइमा पुर्याएको छ ।

पहिलो वर्षमै एमएडब्लु वृद्धिले ‘सांग्रिला न्यु इनर्जी अवार्ड’ जित्दै नेपालमा ‘इभी इनोभेसन’ तथा ‘ग्रिन मोबिलिटी’मा गरेको योगदानको मान्यता पाएको छ । त्यस्तै, ‘टेकलेख’ द्वारा दिपल एस०७ लाई ‘एसयूभी अफ द इयर २०२४’ बाट सम्मानित गरिएको थियो ।

दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा दिपल ब्रान्डले ग्राहक, प्रविधि र नेपाललाई दीर्घकालीन इलेक्ट्रिक भविष्यतर्फ डोर्याउने प्रतिबद्धता जनाएको छ । साथै, पहिलो वर्षको सफल यात्रामा साथ दिने ग्राहक, डिलर, मिडिया, इन्फ्लुएन्सर तथा टिमप्रति दिपलले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया