9851314933 | info@gharjagganews.com

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलामा?

काठमाडौँ।  नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले अहिलेसम्मकै सबै रेकर्ड ताडेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रूपैयाँ कायम भएको हो।

महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। यसअघि सुनको मूल्य १ लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रूपैयाँ कायम भएको छ।


प्रतिक्रिया