ग्लोबल आइएमई बैंकका ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने

काठमाडौँ।  ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने भएका छन्।  

उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा ५०० रूपैयाँ क्यासब्याक पाउनेछन्।

बैंकका ग्राहक तथा उनीहरुका परिवार सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा ‘फ्लाई यती’ प्रोमो कोड प्रयोग गरी ५०० रूपैयाँ क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ। ग्राहकहरूले यो प्रोमो कोर्ड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन्। यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने छ।  

प्रतिक्रिया