काठमाडौँ। नेपाल एसबिआई बैंकले आफ्नो लुम्बिनी प्रदेश कार्यालय सद्धार्थनगर नगरपालिका–८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरेको छ।
बैंकको सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–२, नेपालगञ्ज, बाँकेमा रहेको लुम्बिनी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ।
उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा गरेका थिए।
हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैङ्किङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar