आजको विदेशी विनिमय दर: डलर खरिददर १३६.३८, युरो १५५.४०, राष्ट्र बैंकको नयाँ सूचि सार्वजनिक

foreign exchange

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको (बिहीवार) विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरोको खरिददर १५५ रुपैयाँ ४० पैसा तथा बिक्रीदर १५६ रुपैयाँ ०८ पैसा छ, जबकि बेलायती पाउन्ड स्ट्रर्लिङको खरिददर १८१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रुपैयाँ २० पैसा तोकिएको छ। स्विस फ्र्याङ्कको दर क्रमशः १६५ रुपैयाँ ५८ पैसा (खरिद) र १६६ रुपैयाँ ३१ पैसा (बिक्री) रहेको छ।

अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा, क्यानाडियन डलरको ९८ रुपैयाँ ५९ पैसा र ९९ रुपैयाँ ०२ पैसा तथा सिङ्गापुर डलरको १०४ रुपैयाँ (खरिद) र १०४ रुपैयाँ ४६ पैसा (बिक्री) कायम गरिएको छ।

जापानी येन (१० यूनिट) को खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा छ, चिनियाँ युआनको १८ रुपैयाँ ७१ पैसा तथा १८ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ। साउदी रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट लगायतका मुद्राहरूको दर पनि राष्ट्र बैंकले अद्यावधिक गरेको छ।

साथै, हङकङ डलरको बिक्रीदर १७ रुपैयाँ ६५ पैसा, कुवेती दिनारको ४४७ रुपैयाँ २७ पैसा, बहराइन दिनारको ३६३ रुपैयाँ ४२ पैसा र ओमनी रियालको ३५५ रुपैयाँ ८० पैसा तोकिएको छ।

राष्ट्र बैंकले विनिमय दर आवश्यकताअनुसार दिनभरीमा पनि समायोजन हुन सक्ने स्पष्ट गरेकाे छ। विदेशी मुद्रा कारोबार, आयात–निर्यात र वैदेशिक भुक्तानीका लागि आजको दर मार्गदर्शक मानिन्छ।


प्रतिक्रिया