काठमाडौँ। आन्तरिक रावस्व कार्यालय झापाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रू ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ। सङ्कलन भएको उक्त रकम चालु आ.व.को वार्षिक लक्ष्यको १२.४७ प्रतिशत हो।
अन्तरिक राजस्व कार्यालयको चालु आ.व.मा रू चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताए। “साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७.६१ प्रतिशत राजस्व सङ्कलन भयो। चालु आ.व.को पहिलो दुई महिनामा मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन भएन” उनले भने।
उक्त कार्यालयले आयकरबाट रू १५ करोड ७६ लाख १४ हजार, ब्याजबापत रू दुई करोड ६१ लाख १७ हजार, मूल्य अभिवृद्धि करबापत रू २० करोड १६ लाख ८७ हजार अन्तःशुल्कबापत रु १० करोड ७८ लाख आठ हजार सङ्कलन गरेको छ।
4 Ashwin 2081, Bihibar 10:49 मा प्रकाशित
195
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar