शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गर्‍यो, ३२MP क्यामेरा, १२०Hz डिस्प्ले र २ वर्षको वारेन्टीसहित

काठमाडौं। नेपालमा टेक्नोलोजी क्षेत्रमा अग्रणी शाओमीले नयाँ वर्षको सुरुवातसँगै रेडमी ए५ सार्वजनिक गरेको छ। ‘खुसीको ग्यारेन्टी, २ वर्ष वारेन्टी’ नारासहित आएको यो स्मार्टफोन उत्कृष्ट क्यामेरा, आकर्षक डिजाइन र लामो ब्याट्री ब्याकअप जस्ता सुविधाले भरिपूर्ण छ।

रेडमी ए५ मा शक्तिशाली ३२ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा, ६.८८ इन्चको १२० हर्ज अडाप्टिभ रिफ्रेस रेटसहितको विशाल डिस्प्ले, ५२०० एमएएच ब्याट्री र अक्टा-कोर प्रोसेसर जस्ता विशेषताहरू समावेश छन्। सेल्फीका लागि उत्कृष्ट अनुभव दिने फ्रन्ट क्यामेरामा फिल लाइट सुविधा रहेको छ जसले अँध्यारोमा पनि उज्यालो फोटो खिच्न सहयोग गर्छ।

सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको रेडमी ए५ दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ – ३+६४ जिबीको मूल्य रु १०,९९९ र ४+१२८ जिबीको मूल्य रु ११,९९९ कायम गरिएको छ। यो फोन ओसन ब्लू, स्यान्डी गोल्ड र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध हुनेछ।

युनिसोक टी७२५० प्रोसेसरसहितको यो स्मार्टफोनले दैनिक प्रयोगका सबै कामहरू सजिलै गर्न सक्ने क्षमता राख्दछ। यसमा ८ जिबीसम्म डाइनामिक मेमोरी विस्तार गर्न सकिने सुविधा पनि छ। एन्टुटु बेन्चमार्कमा २,६०,००० भन्दा बढी स्कोर गरेर यसले आफ्नो प्रदर्शनमा विश्वसनीयता प्रमाणित गरिसकेको छ।

शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर मनु मनस्वीले रेडमी ए५ नेपाली प्रयोगकर्ताहरूको लागि स्टाइलिश डिजाइन, सहज कार्यसम्पादन र भरपर्दो फिचरहरू सहित ल्याइएको बताएका छन्। रेडमी ए५ देशभरका शाओमी अधिकृत मी स्टोर तथा रिटेलरहरूबाट उपलब्ध हुनेछ।


प्रतिक्रिया