काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल तराईका धेरै स्थान तथा काठमाडौं लगायत उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। यसले तराई र उपत्यकामा यातायातमा असर परिरहेको छ।
दिउँसोः तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
रातिः तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
जल तथा मौसम विज्ञान विभागले हुस्सु/कुहिरोका कारण दृश्यता कम भएकाले सवारी साधन चलाउँदा र हवाई उडानमा विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। चिसो बढ्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सुझाव दिइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar