घर बनाउनु पहिले वास्तु मिलाउन ध्यान दिनुपर्ने कुराहरू

काठमाडौँ। हामीले आफ्नो घर बलियो बनाउन गुणस्तरीय निर्माण सामाग्रीहरूको प्रयोगमा ध्यान दिइरहेका हुन्छौं त्यसरी नै घर बसाई सुखद बनाउन वास्तुशास्त्रदेखि आन्तरिक सजावटसम्म उत्तिकै ध्यान दिन जरूरी हुन्छ।

घर निर्माणका लागि भनेर खरिद गरिने जग्गाको बास्तु मिलेको हुनुपर्छ। घर बनाउँदा बास्तु मिलायो भने त्यो घरमा बसाई लाभदायक हुन्छ। गृह प्रवेशदेखि आन्तरिक सजावट, कोठाको निर्धारणसम्मको कुराहरू हामीले बास्तुशास्त्र अनुसार मिलाउन जरूरी हुन्छ।  

सर्वप्रथमत बास्तु मिलेको घडेरी खरिद गर्नुपर्छ र खरिद गरिसकेपछि सम्पुर्ण कुरा विचार गरेर पहिले शिलान्यासको मूहुर्तमा वास्तुविदसँग परामर्श लिनुपर्छ। हामीले शुभ मूहुर्तमा निर्माण कार्य थालनी गर्नुपर्छ। 

मानिसको पञ्चतत्वसँग नजिकको सम्बन्ध भएकाले मानव जीवनमा पञ्चतत्वले महत्वपूर्ण प्रभाव पार्दछ। 

भूमि 

विभिन्न कोणबाट शुभ भूमि चयन गनुपर्दछ।

पानी

भवनको निमार्णदेखि नै पानी चाहिने भएकाले पानीको स्थान पूर्वोत्तर अर्थात ईशान कोणमा उचित मानिन्छ। ईनार कुवाका लागि ईशान कोणमा पानीको स्रोत बनाउनु पर्छ। 

पानीको स्रोतका लागि घर निर्माण सुरू गर्नुभन्दा पहिला नै पर्याप्त जग्गा छोड्नुपर्छ। ईशान कोणमा पानीको स्रोत निर्माण गर्न सम्भव छैन भने ट्यांकीको पानी ईशानमा झर्ने गरी धारो बनाउनुपर्छ। 

वायु

प्राणिक ऊर्जा प्राणदायिनी शक्तिको रूपमा वायुलाई बुझिन्छ। भौगोलिक बनावटका आधारमा घरभित्र शुद्द हावाको प्रवेशका लागि पश्चिमोत्तर वायव्य कोणमा खाली ठाउँ राख्नु आवश्यक मानिन्छ।

अग्नी

अग्नि (तेज) तीन प्रकारका हुन्छन्। सूर्यको प्रकाशलाई प्राकृतिक, जलबाट उत्पन्न हुनेलाई कृतिम र पेटभित्र रहने जठराग्नीलाई अग्नीको रूपमा परिभाषित गरिएको छ। 

अग्नीको स्थान आग्नेय कोण हो। भान्छा, जेनेरेटर, विधुतीय सामाग्रीहरू र तापसँग सम्बन्धित उपकरणहरूलाई दक्षिणपूर्व आग्नेय कोणमा स्थापित गर्नुपर्छ।

आकाशः शब्दगुणकम् 

आकाशले खुलापन बुझाउँछ। ध्वनिलाई गति दिने र विस्तारित हुन सघाउने नै आकाश हो। घर निर्माण गर्दा चारैपट्टि खुला ठाउँ छाड्नु उपयुक्त हुन्छ। सुस्वास्थ, दीर्घायु र सुख–शान्तिका लागि घरको वरिपरि वृक्षारोपण गर्नु अत्यावश्यक हुन्छ। 

त्यसैले आफ्नो घर निर्माण गर्दा बास्तुलाई ध्यान दिइयो भने परिवारमा शान्ति र समृद्धि प्राप्त गर्न सहज हुन्छ। 

प्रतिक्रिया