काठमाडौं | मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
बिहीबार पनि पहाडी भेगमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम खुला रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्नेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
मौसमविद्हरूले वर्षा तथा हिमपात हुन सक्ने स्थानहरूमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar