काठमाडौँ । नेपाल र चीनका व्यापारिक प्रतिनिधिमण्डलबीच विभिन्न विषयमा छलफल भएको छ। काठमाडौँमा सम्पन्न यस बैठकमा दुवै पक्षले आपसी व्यापार प्रवर्द्धनका अवसरहरूबारे विचारविमर्श गरेका थिए।
छलफलकै क्रममा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (NADA) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (CCPIT)-Auto बीच ऐतिहासिक साझेदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। यस सहमति पत्रले नेपाल र चीनबीच अटोमोबाइल क्षेत्रको व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।
साझेदारी अन्तर्गत अटोमोबाइल प्रविधि, व्यापारिक प्रवर्द्धन, र दुवै देशका उद्योगहरूलाई नयाँ बजार सम्भावनाको खोजीमा सघाउने लक्ष्य लिइएको छ। NADA का प्रतिनिधिहरूले यस सहमतिको माध्यमबाट नेपालमा गुणस्तरीय अटोमोबाइल उत्पादन र प्रविधि भित्र्याउने अपेक्षा व्यक्त गरेका छन्।
यस ऐतिहासिक सम्झौताले दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।