काठमाडौँ। नेपाल माइक्रो इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १४ करोड ९ लाख २३ हजार रूपैयाँ बराबरको आवेदन परेको छ।
सीडीएसका अनुसार आज (माघ १६ गते) बिहान १०ः०६ बजेसम्म ४३ हजार ९३९ जनाले १४ लाख ९ हजार २३० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ६.२६ गुणा बढी आवेदन हो।
नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले माघ ८ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ।
केयर रेटिङ नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ। बैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar