काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक (TikTok) माथि लगाएको प्रतिबन्ध हटाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनाका आधारमा नेपाल टेलिकमले टिकटकको प्रयोगमा लगाइएको रोक हटाएको जानकारी दिएको छ।
सामाजिक सद्भाव र वातावरणमा नकारात्मक असर परिरहेको भन्दै नेपाल सरकारले २०८० साल कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर, मन्त्रिपरिषद्को २०८१ भदौ ६ गते बसेको बैठकले उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।
नेपाल टेलिकमले पनि प्रतिबन्ध हटेसँगै आफ्ना सेवाग्राहीले सहज रूपमा टिकटक प्रयोग गर्न सक्ने जानकारी गराएको छ। अब टिकटक प्रयोगकर्ताहरूले नेपालभर यो एप्लिकेसनमार्फत आफ्ना गतिविधिहरू सामान्य रूपमा सञ्चालन गर्न सक्नेछन्।
21 Bhadra 2081, Shukrabar 09:36 मा प्रकाशित
190
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar