काठमाडौँ। आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत १८ गते) छापावाल सुन प्रतितोला ११ सय रूपैयाँले बढेर १ लाख ७७ हजार ९०० रूपैयाँ कायम भएको छ।
यसअघि आइतबार (चैत १७ गते) सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
यसका साथै, आज चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले बढेर २ हजार ३५ रूपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला २ हजार २५ रूपैयाँमा कारोबार भएको थियो।
18 Chaitra 2081, Sombar 12:14 मा प्रकाशित
131