बढ्यो सुन चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। आज असार १९ गते अर्थात बिहिबार नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। यो सँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदी २ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया