कुन देशको मुद्राको भाउ कति छ आज? हेर्नुस् विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

आजका लागि निर्धारण भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनार लगायतको मूल्य बढेको छ। त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ। 

आजका लागि अमेरिकी डलर एकको खरिद दर १३५ रूपैयाँ ३७ पैसा र बिक्री दर १३५ रूपैयाँ ९७ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ १७ पैसा र बिक्री दर १४२ रूपैयाँ ८० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ८३ पैसा र बिक्री दर १७१ रूपैयाँ ५९ पैसा रहेको छ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ १४ पैसा र बिक्री दर ८६ रूपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ १२ पैसा र बिक्री दर ९५ रूपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ३५ पैसा र बिक्री दर १०० रूपैयाँ ८० पैसा रहेको छ।

त्यसैगरी जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८१ पैसा र बिक्री दर ८ रूपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६० पैसा र बिक्री दर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ १३ पैसा र बिक्री दर ३७ रूपैयाँ ३० पैसा कायम रहेको छ। 

मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ४२ पैसा र बिक्री दर ३० रूपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 


प्रतिक्रिया