सुनको मूल्यमा भारी गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा भारी गिरावट आएको छ।  

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (असार ३ गते) छापावाल सुन प्रतितोला २५ सय रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

यसका साथै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर २१ सय ६० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला २१ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया