देशभर सामान्य बदली, केही पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षाको संभावना

weather forecast

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। हाल देशभर सामान्य बदली देखिएको छ। देशको पहाडी भू-भागका थोरै र तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना नियमित जाँच गरी सतर्क रहन अनुरोध गरिएको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यमदेखि भारी, तराईमा केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति यी क्षेत्रमा हिमाली र पहाडी क्षेत्रमा थोरैदेखि एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्छ। मधेश प्रदेशमा दिउँसो र राति तराईमा थोरै स्थानमा मध्यम वर्षाको जोखिम छ। कर्णाली प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यम र राति एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सर्वसाधारणलाई मौसम अपडेट नियमित जाँच गरी सुरक्षित रहन आग्रह गरिएको छ।

प्रतिक्रिया