काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल भोलि हुन गइरहेको छ, र यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको छ।
यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ।
यसका साथै ग्राहकहरूले एनपीएलका टिमहरूको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी) का रूपमा आफ्नो फोनमा राख्न सक्नेछन्।
बिहीबारसम्म, ५०,००० भन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरूको थिम गीतलाई आफ्नो पीआरबीटीका रूपमा राखिसकेका छन्। धेरै ग्राहकहरूले आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन्। ग्राहकहरूले *123*6# डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्छन्।
एनसेलको पीआरबीटी एक विषेश सेवा हो भने यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरु बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्नेछन्।
‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन्। त्यसैगरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधी अनुसारमा टोन राख्न सकिन्छ।
जस्तै कुनै ग्राहकले आफूले गाडी चलाईरहेको छ भने उसले फोन गर्नेहरूलाई आफुले गाडी चलाईरहेको जानकारी दिने टोन राख्न पनि सक्छन्। यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफुलाई मनपर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रूपमा पनि राख्न सक्नेछन्।
प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र रू ३१ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ।
यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औद्यी मन पराइएका कलाकारका गीतहरू देखि लिएर अन्य गीतहरू पनि हरेक संगीतप्रेमीको ईच्छा अनुसार छान्न सकिन्छ।
एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्दै यो सेवालाई विशेष बनाएको छ।