मार्च २०२५ मा १ लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ को मार्च महिनामा नेपाल आएका विदेशी पर्यटकको संख्या १ लाख २१ हजार ६८७ पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो संख्या अघिल्लो वर्षको मार्च महिनाको तुलनामा ९५ प्रतिशत पुगेको छ भने सन् २०१९ को महामारीपूर्वको अवस्थाको तुलनामा ९५.६ प्रतिशत पुनःस्थापनाको दरमा छ।

पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट रहेका छन्। मार्च महिनामा मात्रै २१ हजार ४१२ भारतीय नागरिक नेपाल आएका छन्।

नेपाल आउने शीर्ष ५ देशहरू:

भारत – २१,४१२ (१७.६%)

चीन – ११,४४३ (९.४%)

संयुक्त राज्य अमेरिका – ११,०९२ (९.१%)

श्रीलंका – ८,८८६ (७.३%)

बेलायत – ५,९९५ (५.२%)

क्षेत्रगत आगमन विवरण (मार्च २०२५)

दक्षिण एसिया (SAARC): ३५,२८७ (२९%)

अन्य एसियाली देशहरू: ३१,३५१ (२५.८%)

युरोप: २५,४६८ (२१.४%)

अमेरिका: १३,९०७ (११.४%)

ओसियाना: ४,६४३ (३.८%)

मध्यपूर्व: २,७३२ (२.२%)

अफ्रिका: ३६८ (०.३%)

अन्य: ७,६५७ (६.३%)

पर्यटन क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला महिनाहरूमा नेपाल आउने पर्यटकहरूको संख्या सुधारोन्मुख देखिएको छ। यस वर्ष पर्यटन क्षेत्रको समग्र अवस्था सुधार हुने अपेक्षा गरिए पनि आन्तरिक व्यवस्थापन तथा पूर्वाधारमा अझै सुधार आवश्यक रहेको विज्ञहरू बताउँछन्।


प्रतिक्रिया