काठमाडौँ। नेपाल एसबिआई बैंकले बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि २५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हालै आएको बाढीपहिरो र डुबानबाट पीडित तथा प्रभावितको सहायताका लागि उक्त रकम प्रदान गरेको हो।
उक्त सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका थिए।
सो कार्याक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत, बिकास आनन्द, रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहको उपस्थिति रहेको थियो।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar