काठमाडौँ। ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरू भएको ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करण अमेरिकाको न्यूयोर्क सहरमा सेप्टेम्बर १५ मा आयोजना हुने भएको छ।
शुक्रबार बुढानिलकण्ठ स्थित लेमन ट्रि प्रिमिएर होटलमा एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करणको प्रेस मिट आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख उद्देश्यहरुको बारे जानकारी गराउनका लागि बरिष्ठ कलाकार निर शाह, कृष्ण मल्ल तथा बागमती प्रदेशका माननीय मन्त्री मदु कुमार श्रेष्ठ तथा अन्य थुप्रै चर्चित कलाकारहरूको उपस्थितिमा प्रेस मिट कार्यक्रम सम्पन्न भएको छ।
फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना हुँदै आएको छ।
त्यसैगरी, एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह-प्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहने भएको छ। साथै आयोजकको रूपमा नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड पनि रहने भएको छन्। उक्त अवार्ड कार्यक्रमलाई दिल कुमारी केसी मेमोरियल फाउण्डेसनको समेत सहयोग रहने छ।
अवार्डले नेपालबाट अमेरिका जाने कलाकार र अमेरिकामा बस्ने कलाकर्मीको पुनर्मिलन गराउने र नेपाललाई विश्व माझ चलचित्र छायाङ्कन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्नु पनि अवार्डको उद्देश्य रहेको कृष्ण मल्लले बताए।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar