काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियान्जिनमा सम्पन्न शाङ्हाइ सहयोग संगठन (SCO) को २५ औँ शिखर सम्मेलन र बेइजिङमा आयोजित द्वितीय विश्वयुद्ध विजयको ८० औँ स्मृति समारोहमा सहभागिता जनाएर बुधबार स्वदेश फर्किनु भएको छ।
शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट क्षेत्रीय सहकार्य, आपसी विश्वास, दिगो विकास र आपसी साझेदारीका विषयमा धारणा राख्नुभएको थियो। उनले सदस्य राष्ट्रका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्दै व्यापार, पूर्वाधार, ऊर्जा तथा जनस्तरमैत्री सम्बन्धमा जोड दिनुभएको थियो।
त्यसैगरी, बेइजिङमा भएको विजय दिवसको स्मृति समारोहमा पनि ओलीले नेपाल शान्तिप्रेमी राष्ट्रका हैसियतले सधैं सहअस्तित्व र सार्वभौमिक समानताको पक्षमा रहने प्रतिबद्धता दोहोर्याउनुभएको थियो।
भ्रमण सकेर बुधबार मिति २०८२ भाद्र १८ गते प्रधानमन्त्री ओली स्वदेश फर्किनु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई मन्त्री, सरकारी अधिकारी तथा पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar