ग्याङफाइटको घटनाले बाल सुधारगृहमा तनाव

पुष १५, काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिका २ स्थित एक बाल सुधारगृहमा तनाव भएको छ ।  नौबस्तामा रहेकाे सुधार गृहमा  दुई समूहबीचको विवादले उग्र रुप लिँदै गएपछि तनावको अवस्था सिर्जना भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार सुधारगृहमा रहेका दुई समूहबीच झडप भएको र सोही विवादले उग्ररुप लिँदै आज थप तनाव भएको सूचना भएको जानकारी दिए । 

उनका अनुसार ग्याङफाइटमा घाइते भएका ४ जनालाई उपचारपछि सुधारगृहमा फिर्ता ल्याइएसँगै तनावको अवस्था भएको हो । दुई समूहलाई छुट्टाछुट्टै ब्लकमा राखिएपनि एक समूहले ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट एक गाडीमा क्षति पुग्नुकै साथै सुधारगृहमा तनावको अवस्था रहेको हो । 

अहिले बैजनाथ गाउँपालिका २ स्थित नौबस्ता थप सुरक्षाकर्मीको टोली पठाइएको अवस्थालाई साम्य बनाउने कोसिस भइरहेको बताइएको छ । 


प्रतिक्रिया