बडिगाड पहिरोमा ५० घरपरिवार विस्थापित

काठमाडौँ। बाढी पहिरोका कारण बागलुङको बडिगाड गाउँपालिकामा ५० घर परिवार विस्थापित भएका छन्। 

बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरूपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्।

बडिगाडमा केही दिनअघि गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ। पहिरोका कारण खानेपानी, विद्युत आपूर्ति हुनसकेको छैन।

जसकारण बालबालिका र वृद्धवृद्धाले बढी समस्या झेल्नु परेको अवस्था छ।  गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको गुनासो स्थानीयहरूले गरे। 

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाकाले जानकारी दिएको छ।  

प्रतिक्रिया