पुष २६, काठमाडौं । नेपाली पासपोर्ट विश्व बरियताअन्तिमबाट आठौं स्थानमा परेको छ। विश्वका विभिन्न देशहरुको पासपोर्टको बर्गीकरण गर्ने हेन्ली पासपोर्ट इण्डेक्सका अनुसार नेपाली पासपोर्ट अन्तिमबाट आठौं स्थानमा परेको हो ।
फ्रान्स, जर्मनी, इटली, जापान, सिंगापुर र स्पेनको पासपोर्ट पहिलो नम्बरमा पर्दा फिनल्याण्ड, दक्षिण कोरिया र स्वेडेनको पासपोर्ट दोस्रो नम्बरमा परेका छन् भने अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्डको पासपोर्ट तेस्रो नम्बरमा परेका छन् ।
अमेरिकाको पासपोर्ट सातौं स्थानमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्सले हवाई टिकट काटेर सोझै सम्बन्धित देशमै पुगेर भिसा लाग्ने आधारमा पासपोर्टको वर्गीकरण गर्ने गर्दछ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ–आइएटीए– ले उपलब्ध गराउने डाटा अनुसार गरिएको बर्गीकरणमा नेपाली पासपोर्ट ९८औं स्थानमा परेको हो ।
नेपालसँगै लिविया र प्यालेस्टाइन परेका छन् भने उत्तर कोरियाको पासपोर्ट नेपालको भन्दा एक स्थान अगाडि रहेको छ । भारतको पासपोर्ट ८०औं स्थानमा परेको छ भने चीनको पासपोर्ट ६२औं स्थानमा परेका छन् । अफगानिस्तानको पासपोर्ट सवैभन्दा कमजोर रहेको छ ।