रुसी सेनामा भर्ती भएका मघ्ये १० जना नेपालीको ज्यान गएको पुष्टि

पुष १७ काठमाडौं । नेपालीहरू रुसी सेनामा भर्ती हुन गएका मघ्ये हालसम्म १० जनाको ज्यान गएको पुष्टि भएको छ । पछिल्लो पटक थप ३ जनाको ज्यान गएको पुष्टी भए संग ज्यान गुमाउनेको संख्या १० पुगेको हो ।

भर्ती भएका मघ्ये पछिल्लो पटक स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ का हरिप्रसाद अर्याल गएको कात्तिक ३ गते मात्रै रुस गएका थिए । अर्यालको ज्यान गएको विषय वडा कार्यालय र परिवारलाई सरकारी संयन्त्रले जानकारी गराएको छ ।

परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ गतेसम्ममा ज्यान गुमाउने नेपालीको सङ्ख्या सात जना पुगेको जनाएको थियो । यसअघि ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।

यस्तै रुसी फौजमा भर्ना भएका ४ जना नेपालीलाई युक्रेनी सेनाले कब्जामा लिएको भन्दै उद्धारका लागि परराष्ट्र मन्त्रालयमा गुनासो पुगेको छ । सरकारले नेपालीको रिहाइका लागि युक्रेन सरकारसँग कुराकानीको प्रयास भइरहेको जनाएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले केही दिनअघि नेपालबाट झन्डै २०० जना युवा रुसी फौजमा भर्ना हुन गएको हुनसक्ने भन्दै १०० जना सम्पर्कविहीन भएका बताएका थिए ।

प्रतिक्रिया